प्रधानमन्त्रीले पुन: शपथग्रहण गर्न नपर्ने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

प्रधानमन्त्रीले पुन: शपथग्रहण गर्न नपर्ने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: शपथग्रहण गर्न नपर्ने भएको छ । शपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

गत शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा ओलीले ‘प्रतिज्ञा गर्छ कि’ भन्ने वाक्यांश छुटाउँदा राष्ट्रपतिले फेरि दोहोर्‍याएर भन्दा ओलीले ‘त्यो पर्दैन’ भनेका थिए। ‘त्यो पर्दैन’ भनेर शपथ लिनु संविधान विपरीत हुने भन्दै शपथ बदर गर्न सर्वोच्चमा सातवटा रिट परेका थिए। प्रधानमन्त्रीले शपथको प्रक्रिया पूरा नगरेको जिकिर ती रिटमा थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो।

प्रधानमन्त्रीको कामकारबाही नगर्न/नगराउन र शपथ फेरि लिन रिटमा अन्तरिम आदेश मागिएको थियो। यसमा जबराको इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो।

तर शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ।