झनै अनिश्चित भयो एमाले कार्यदलको बैठक
काठमाडौं- तीन दिनभित्र विवाद समाधान गर्नेगरी गठन गरिएको नेकपा एमालेको १० सदस्यीय कार्यदलको छलफल अनिश्चित बनेको छ । सोमबार पनि हुने भनिएको छलफल मंगलबार पनि अनिश्चित बनेको हो ।
कार्यदलका सदस्य शंकर पोखरेल दाङ गएकोले बैठक अनिश्चित बनेको बताइएको छ । नेताहरूको व्यवस्ताले सोमबार बैठक बस्न नसकेको र मंगलबार पनि सम्भावना नरहेको नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार छलफल हुँदा तीन दिनभित्र विवाद समाधान गर्नेगरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो ।
पार्टी नेता झलनाथ खनाल र माधवकुमार नेपालले २०७५ जेठ २ मै फर्कनुपर्ने अडान राखिरहेका छन् । प्रधानमन्त्री ओलीनिकट नेताहरू भने जेठ २ बाट परिस्थिति निकै अघि बढिसकेकाले त्यहाँ पुग्न कठिन हुने बताइरहेका छन् ।