प्रधामनन्त्री ओलीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै: के होला फैसला ? - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

प्रधामनन्त्री ओलीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै: के होला फैसला ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मुद्दामा आज छिनोफानो हुने भएको छ। उनले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेका रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

रिट निवेदनमा प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्दहरु उच्चारण नै नभएको, जुन कार्य गैर–संवैधानिक भएको र आफूअनुकुल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उल्लेख छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई ‘त्यो पर्दैन’ भनेर वाचन गर्दा राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको ठहर रिटमा गरिएको छ।

यस्तै, संघीय कानुन बनाएर शपथको व्यहोरा तोक्न तथा त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोक्न पनि रिट निवेदकको मागदाबी छ।

संविधानको धारा ८० मा संघीय कानुनबमोजिम सपथ ग्रहण गर्ने भनिए पनि अहिलेसम्म कानुन बनेको छैन। निवेदनमा सङ्घीय संसद्का सदस्य नै नभएका तर प्रतिनिधिसभाको एउटै कार्यकालमा दोहो¥याएर मन्त्री नियुक्त भइ शपथ ग्रहण गरेका सात जनाको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्न समेत माग गरिएको छ।

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले सर्वोच्च अदालतमा हिजो छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता गराएका हुन्।