दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस



काठमाडौँ– काठमाडौँ विश्वविद्यालयले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ।

वैशाख ३१ गते बसेको काठमाडौं विश्वविद्यालयको कार्यकारी परिषद्को ६२५ औँ बैठकले बी एण्ड सीलाई सम्बन्धन दिन सिफारिस गरेको हो।

केयुले सोमबार विज्ञप्ति जारी गर्दै बैठकले निरीक्षण प्रतिवेदनको आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय भएको जनाएको छ।

यसअघि काठमाडौँ विश्वविद्यालयको ८९ औँ बैठकले सम्बन्धन प्रक्रिया अगााडि बढाउने निर्णय गर्नुका साथै विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म कलेजको निरीक्षण गरेको थियो।