दासढुंगा काण्डको उच्चस्तरीय छानविन गरौँ: बाबुराम भट्टराई - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

दासढुंगा काण्डको उच्चस्तरीय छानविन गरौँ: बाबुराम भट्टराई



काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितसँगको फोटो राखेर दासढुंगा हत्याकाण्डको उच्चस्तरीय छानविन गर्न माग गरेका छन्।

२८ औं मदन आश्रितको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गदै भट्टराईले निष्पक्ष छानवीनको माग गरेका छन्। उनले उच्चस्तरीय छानविनको माग गर्दै नत्र मदनको नाममा स्वार्थको रोटी सेक्न छाड्नुपर्ने बताएका छन्।

उनले मदन पत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली भएको बेला रहस्यको अन्तिम निर्क्योल गर्न माग गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा फोटोसहित उनले लेखेका छन्। ‘२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धासुमन! मदन पत्‍नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र वहॉहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं।’