बल्ल होसमा आए प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको होस् खुलेको छ । नेकपा एकता खारेजी देखि माधव नेपालसम्मले साथ् छाडेपछि उनले होस् खुलेको संकेत गर्दै पार्टीलाई नयाँ तरिकाले अगाडी बढाउने बताएका छन् ।
नेतृत्वको रवैया ठिक नभएको, विलासी बनेको, आफ्नालाई समेट्न नसकेको र सहिदका सपना बिर्सिएको आरोप आफ्नै कार्यकर्ताले लगाइरहेका बेला प्रचण्डले नयाँ तरिकाले पार्टी संचालन गरिनुपर्ने बताएका छन् ।
अहिले आएर प्रचण्डले पार्टी सञ्चालन, विचार, राजनीतिक सांगठनिक संरचना लगायतका विषयसमा सुझाव मागेका छन् । यसलाई माओवादीको कतिपय कार्यकर्ताले प्रचण्डको होस खुलेको बताएका छन् । आफ्नै पार्टीभित्रका कार्यकर्ताका कुरा नसुनेर भागिरहेका प्रचण्ड ट्रयाकमा आएको उनीहरूले बताएका छन् ।
माओवादी केन्द्रमा शिर्ष नेतादेखि कार्यकर्ता तहसम्म पार्टी संचालन र नेतृत्वको शैलीको बिषयमा मतभेद छ । खासगरी प्रचण्ड लगायतका कतिपय नेताहरूको विलासी जीवनशैलीसँग कार्यकर्ता असन्तुष्ट छन् ।
अहिले आफ्नै पार्टीका प्रभावशाली नेताहरूले समेत साथ् छाडेपछि उनले होस् खुलेको आभास गर्दै उनले फेसबुकमा लेख्दै कस्तो माओवादी केन्द्र बनाउन चाहेको हो ? सोही अनुसारको सुझाव दिन भनेका छन् ।
सुझावमा विचार, राजनीतिक, सांगठनिक संरचना, घाइते, अपांग एंव शहिद परिवार लगायत नेताहरुको आचरणका विषय पनि समेट्न भनेका छन् । पछिल्लो समय माओवादी केन्द्रको राजनीतिक विचार, संगठन र नेताहरुको आचरणकै पुनसंरचनाका बारेमा प्रश्न उठिरहेको छ ।