२०७५ जेठ २ मा फर्कन ओली सहमत
काठमाडौ- लामो तिक्ततापछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकारात्मक बनेर सकिएको छ ।
बिहीबार बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा नेताहरुबीच भएको छलफलमा पार्टीलाई एकतापूर्वको अवस्थामा लैजानेबारे छलफल भएको बताइएको छ । छलफलमा ओली सकारात्मक बनेको माधव नेपालले निकट नेताहरूलाई बताएका छन्।
बैठक पहिलेभन्दा सौहार्द बनेको बताइएको छ । ओलीले पनि अब मिलेर जाने तिर लागौं भनेका थिए । वार्ता मिल्ने दिशामा गएको र राजीनामा दुई चार दिनलाई टरेको नेता नेपालले वार्ताबाट निस्किएपछि बताएका थिए ।
नेता नेपालले २०७५ जेठ २ मा फर्कनुपर्ने बताएका थिए । ओलीले भने यसमा सहमतिमा जान सकिने भएकाले कार्यदल बनाएर अगाडी बढ्दा सबै समाधान हुने बताएका थिए ।