माओवादी केन्द्रले भन्यो: अब केपी ओली नै प्रधानमन्त्री - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

माओवादी केन्द्रले भन्यो: अब केपी ओली नै प्रधानमन्त्री



काठमाडौं- नेकपा एमालेको माधव नेपाल समुहको निर्णय कुरेर बसेको नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ ।

जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण वैकल्पिक सरकार बनाउने सम्भावना टरेको माओवादीले बताएको छ। राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा माओवादी यस्तो निर्णयमा पुगेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले दलहरुसँग भएको परामर्श र प्रयासका बारेमा ब्रिफिंग गरेका थिए ।

माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब ओली नै प्रधानमन्त्री नियुक्त हुने माओवादीको निष्कर्ष छ ।