राजीनामा नदिने, कार्यदल बनाउने ओली-नेपालको सहमति - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

राजीनामा नदिने, कार्यदल बनाउने ओली-नेपालको सहमति



काठमाडौ- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच वार्ता सकिएको छ ।

सामुहिक राजीनामाको तयारीमा रहेको नेपाल समुहको कारबाही फुकुवा गरेर एकाएक भेटको प्रस्ताव गरेपछि बिहिबार दिउसो उनीहरू वार्तामा बसेका हुन् ।

क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमा भेटवार्ता भएको थियो । भेट बिहिबार दिउसो २ बजेदेखी सुरू भएको थियो ।

नेपाल समुहले सामुहिक राजिनामाको तयारी गरेपछि संकटमा देखिएका ओलीले अन्तिम समयमा आएर नेपाल समुहका नेताहरूमाथि गरेको कारबाही फिर्ता लिएका थिए ।

नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताए । वार्तामा कार्यदल बनाएर पार्टी विवाद टुंगाउने सहमति बनेको पनि बताइएको छ ।

ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुई/चार दिनलाई टर्‍यो, कार्यदल बन्छ ।’

माधव नेपाल समुहको साथ् रहने हो भने ओलीकै नेतृत्वमा सरकार बन्ने पक्का छ ।