आन्तरिक उडान अनिश्चितकालका लागि बन्द - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द



काठमाडौं- आन्तरिक उडान अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले अर्को सूचना नभएसम्म आन्तरिक उडानमा लगाइएको प्रतिबन्ध कायम राख्ने निर्णय गरेको छ ।

विहिबार नागरिक उड्डयन प्राधिकारणले विज्ञप्ती जारी गर्दै कोभिड-१९ संक्रमणमा वृद्धि भैरहेको उल्लेख गर्दै उक्त निर्णय भएको जनाएको हो ।

कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर हुने समेत प्राधिकरणले जनाएको छ ।

सरकारले यसअघि बैशाख मसान्तसम्म आन्तरिक उडानलाई रोक लगाउने निर्णय गरेको थियो ।