ओलीले टेलिफोन गरेर नेपाललाई भने: ‘अब त भेटौँ न’
काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर भेटवार्ताको प्रस्ताव गरेका छन् ।
कारबाही फिर्ता लिएलगत्तै प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरेका थिए । ओलीले फोन गरेर ‘अब त भेटौँ न’ भन्दै प्रस्ताव गरेको थिए ।
बालुवाटारमा एमाले स्थायी समिति बैठक चलिरहँदा ओलीले नेपाललाई फोन गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार नेपालले दुई घण्टापछि भेट्न सकिने बताएका छन् ।
सोही बैठकले नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।