फिर्ता भयो माधव नेपालसहित चार नेतामाथिको कारवाही
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित चार नेतामाथिको कारवाही फिर्ता लिएका छन् ।
आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फिर्ता लिएको हो ।
सामुहिक राजिनामा दिने तयारीमा रहेका नेपाल समूहमाथिको कारबाही फिर्ता लिएर राजिनामा रोक्न ओलीले लचकता देखाएका छन् । पार्टीलाई एक बनाउन भन्दै अध्यक्ष ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।