बालुवाटार बैठक: नेपाल समूहलाई जसरी पनि रोक्ने, अब सबै अधिकार ओलीलाई
काठमाडौं- माधव नेपाल समूहलाई फकाएर राजिनामाबाट रोक्ने उद्देश्यले आकस्मिक रूपमा बोलाइएको एमाले स्थायी कमिटि बैठक बालुवाटारमा जारी छ ।
नेपाल समूहमाथि गरिएको कारबाही र उनीहरूको मागबारे बैठकमा छलफल भएको बताइएको छ । बैठकको छलफल अनुसार माधव नेपाल समूहलाई जसरी पनि राजिनामाबाट रोक्ने छलफल भएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार माधव नेपालबारे सबै निर्णय लिनको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दीइने भएको छ ।
नेपाल समूहसँग वार्ता र मागलाई सम्बोधन गर्न बैठकले ओलीलाई सम्पूर्ण अधिकार दिने निर्णय गरेको बताइएको छ । त्यतिमात्र होइन नेपाल समूहमाथि थप कारबाही गर्न पनि अधिकार दिने बैठकमा प्रस्ताव छ।