एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी: के हुँदैछ छलफल ? - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी: के हुँदैछ छलफल ?



काठमाडौं- माधव नेपाल समुहलाई सामुहिक राजिनामाबाट रोक्नका लागि डाकिएको नेकपा (एमाले)को स्थायी कमिटि बैठक बालुवाटारमा जारी छ ।

एमालेका असन्तुष्ट समूह नेपाल पक्षले आजै राजीनामा बुझाउने तयारी पनि गरेको सुचना पाएपछि दौडधुपमा रहेको ओली समुहले बैठक डाकेको हो । बैठकमा माधव नेपाल समूहमाथि गरिएको कारबाही बारे छलफल हुने बताइएको छ ।

तर ओली समुहका नेताले भने बैठक समसामयिक परिस्थितिबारे छलफल गर्न बोलाइएको बताए । बिहान ९ बजे बोलाइएको बैठकमा अहिले नेपाल समूहलाई रोक्न के गर्ने भन्ने छलफल भैरहेको बताइएको छ ।

संसद्मा विश्वासको मत गुमाएपछि आह्वान भएको गठबन्धन सरकार निर्माणको समयसीमा आज सकिँदै छ ।