नेपाल समुहमा पनि विद्रोहको सुरुवात: नेताहरूले छोड्न थाले साथ - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

नेपाल समुहमा पनि विद्रोहको सुरुवात: नेताहरूले छोड्न थाले साथ



काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहमा पनि विद्रोहको सुरुवात भएको छ । आफ्नै पार्टीको सरकार ढाल्न एमालेकै सांसदहरू प्रयोग भएको भन्दै नेताहरूले साथ छाड्न थालेका छन् ।

यस्तैमा कर्णाली प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता दल रावलले आफू माधव नेपाल समूहमा नरहेको घोषणा गरेका छन् । उनी नेपाल समुहका प्रभावशाली नेता मानिन्छन ।

उनले आफ्नै पार्टीको सरकार ढाल्न एमालेकै सांसदहरू प्रयोग भएकोमा अचम्म लागेको भन्दै सामाजिक संजालमार्फत यस्तो घोषणा गरेका छन् ।

उनले एक अपिल मार्फत नेपाल समूहलाई ‘युगखाने सम्भावना भएका आदरणीय कमरेडहरु छाक खाने’ भन्दै व्यंग्य गरेका छन् ।

बुधबार पार्टी भित्र रहेको केही असहमति र अन्तरसंघर्षलाई उचित ब्यबस्थापन गरि पार्टीलाई गतिशील बनाउनुको सट्टा पार्टीलाई कमजोर बनाउने आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई विस्थापित गरी ‘युगखाने सम्भावना भएका आदरणीय कमरेडहरु छाक खाने’ बाटोमा नलाग्न समेत अनुरोध गरेका छन्।