अक्सिजन नभएर बिरामीको मृत्यु भएपछि बुटवलमा हेलिकोप्टरबाट ल्याइयो अक्सिजन
काठमाडौं- रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याइएको छ । सिमरा र चितवनबाट हेलिकोप्टरमा अक्सिजन ल्याइएको हो ।
अक्सिजनको अभावमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु हुन थालेको अवस्थामा बुधबार साँझ हेलिकोप्टरमा अक्सिजन ल्याइएको हो । सिमरा र चितवनबाट सेनाको हेलिकोप्टरमा ४० सिलिन्डर अक्सिजन ल्याइएको छ ।
अक्सिजनको अभावमा बुधबार दिउँसो पाँचजनाको मृत्यु भएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । समयमा अक्सिजन आपूर्ति नहुँदा रुपन्देही र नवलपरासीका बिरामीको गएको थियोए । रुपन्देहीका चार र नवलपरासी बर्दघाटका एक बिरामीको मृत्यु भएको हो।
रुपन्देहीमा तीनवटा अक्सिजन उद्योग छन् । ती उद्योगले दैनिक ११ सय सिलिन्डर उत्पादन गर्छन् । तर, दैनिक माग २१ सय ५० सिलिन्डरको माग रहेको जिल्ला जनस्वास्थ्य प्रमुख राजेन्द्र गिरीले बताए ।
रुपन्देहीमा करिब एक दर्जन अस्पताल छन् । तीमध्ये सरकारी दुईवटा र निजी तीनवटा गरी पाँचवटा कोभिड अस्पताल छन् ।