जसपाको बैठकमा विभिन्न विकल्पमा छलफल: नेताहरूबीच चर्काचर्की
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच चर्काचर्की भएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ ।
ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष टुङि्गएको हो । बैठकमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको नेता बाबुराम भट्टराईले जानकारी दिएका छन् ।
लोकतान्त्रिक पार्टी भएकाले फरकफरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले बिहीबारसम्म पार्टीको एकीकृत धारणा तय गरिने जानकारी दिए ।
बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरेर राष्ट्रिय राजनीतिमा योगदान पुग्नेगरी एकीकृत निर्णय गरिने उनको भनाइ छ ।