ओलीलाई रोक्न सामुहिक राजिनामा दिन नेपाल समूह तयार - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ओलीलाई रोक्न सामुहिक राजिनामा दिन नेपाल समूह तयार



काठमाडौ- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन नदिन आफूले सामुहिक राजिनामा दिन तयार भएको बताएका छन् ।

एमालेको वरिष्ठ नेता माधव नेपाल पक्षभित्र सामूहिक राजीनामा चर्चा चलिरहेका बेला रावलले सामुहिक राजीनामा दिन तयार रहेको बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्,‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ, थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

तर, नेपाल पक्षभित्र सामूहिक राजीनामा दिने कुरामा एकमत बन्न सकिरहेको छैन । नेपाली कांग्रेससहितका विपक्षी दलले वैकल्पिक सरकार गठनका लागि नेपाल पक्षको राजीनामाको अपेक्षा गरिरहेका छन् ।