वैकल्पिक सरकारबारे देउवा निवासमा छलफल: माधव नेपाललाई पनि निम्तो - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

वैकल्पिक सरकारबारे देउवा निवासमा छलफल: माधव नेपाललाई पनि निम्तो



काठमाडौं- केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि जम्मा तीन दिनको समय दिएर राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरिन । वैकल्पिक सरकार गठनको दावी गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले समन्वय सुरू गरेका छन् ।

विश्वासको मत लिनु अगाडिबाट नै वैकल्पिक सरकारको पहल थालेका देउवा-प्रचण्डमाथि जसरी पनि ओलीलाई फेरि ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नुपर्ने चुनौती छ । ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग देउवाले परामर्शलाई बिहानैबाट ब्यापक बनाएका छन्।

देउवाले बिहानै गठबन्धन भित्रका नेताहरूलाई आफ्नो निवासमा बोलाएर छलफल थालेका छन् । देउवा निवास बुढानिलकण्ठमा कांग्रेस, माओवादी र जसपाका नेताहरूलाई बोलाइएको छ । रोमान्चक त के छ भने एमालेकै ओलीविरोधी समूहलाई पनि देउवाले डाकेका छन् ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवारै वैकल्पिक सरकार गठनको आह्वान गरिसकेका थिए । जसपाको महन्थ ठाकुर पक्षले वैकल्पिक सरकारमा नजाने बताइसकेको छ भने उपेन्द्र समुहले सरकारमा सामेल हुने बताएका छन् ।