३० गते भित्र बहुमतको सरकार गठन गर्न राष्ट्रपतिले दिईन समय
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम उनले सरकार गठनको आह्वान गरेकी हुन् ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गरेकी छन् ।
राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेभित्र दावी पेश गर्न सूचना जारी गरेकी छन् ।