आफूलाई विश्वासको मत नदिए फेरि संसद विघटन गर्ने ओलीको धम्की - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

आफूलाई विश्वासको मत नदिए फेरि संसद विघटन गर्ने ओलीको धम्की



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्ने धम्की दिएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै संसद आफूलाई प्रधानमन्त्रीमा मत नदिए संसद नरहने धम्की दिएका छन् ।

प्रधानमन्त्री ओलीले संसद् बचाउने भए आफूलाई विश्वासको मत दिनुपर्ने नत्र संसद नरहने संकेत गरेका छन् । प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका छन् ।

संविधान सुरक्षित रहेको बताउँदै उनले उनले आवश्यक संशोधन गर्दा संविधान नमिचिने दाबी गरे। ‘आवश्यक संशोधन गर्दा संविधान सुरक्षित हुन्छ,’ उनले भने, ‘संविधान मिचिँदैन। त्यसको कार्यान्वयन गर्नुपर्छ।’

आफूले बोलेको कुरालाई गलत अर्थ लगाइएको ओलीले बताए। आफूले अर्कै प्रसंगमा दुई/चार वटा आँप झर्‍यो भनेकोमा त्यसलाई मरेका मान्छेहरुसँग जोडेर प्रचार गरेको उनको भनाइ थियो।

उनले संविधानमा सुधार गर्नुपर्छ भए गरौं, संशोधन गरौं भन्ने कुरा आफूले राखेको बताए। ‘म त्यति भनिरहनुपर्छ भन्ने ठान्दिनँ। तर मिथ्या राजनीति नगरौं,’ उनले भनाइ थियो।

उनले विभेद थियो भने त्यसलाई घटाउँदै जानुपर्ने बताए। सरकार विभेद अन्त्य गर्ने दिशातिर लागेको उनले दाबी गरे।