रोकियो नेपाल समूहको सामुहिक राजिनामा - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

रोकियो नेपाल समूहको सामुहिक राजिनामा



काठमाडौं–नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ। एमाले माधव समुहका २२ जना प्रत्यक्ष तर्फका सांसदले मत नदिने निर्णय गरेका हुन् ।

नेपाल पक्षका सांसदहरुको आज बसेको बैठकले उक्त निर्णय गरेको हो। ओलीलाई मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने काम बहेको भन्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् ।

आफूहरूले राजिनामा दिएर पनि ओली सरकारले निरन्तरता पायो भने त्यसको अर्थ नहुने बताउँदै राजिनामा नदिने बरु बैठकमा अनुपस्थित हुने निर्णय उनीहरूले गरेका हुन्।