नेपाल पक्षको बैठक चल्दैगर्दा प्रचण्ड सिंहदरबारमा
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी चलिरेहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारमा पुगेका छन् ।
नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक जारी रहँदा माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्दैछ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सिंहदरबारमा केहीबेरपछि बैठक सुरु हुने एक सांसदले बताएका छन् ।
बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिंहदरबारमा पुगिसकेका छन् भने शीर्ष नेताहरु पनि पुग्ने क्रम सुरु भएको छ।