सरकारले महावीर पुनलाई सहयोग गर्ने: उपप्रधानमन्त्री पोखरेलले दिए वचन - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

सरकारले महावीर पुनलाई सहयोग गर्ने: उपप्रधानमन्त्री पोखरेलले दिए वचन



काठमाडौं- सरकारले वैज्ञानिक महाबिर पुनलाई सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाली वैज्ञानिक महावीर पुनको प्रशंसा गर्दै सहयोग गर्ने आस्वासन दिएका छन् ।

म्यागासेसे पुरष्कार विजेता एवं वैज्ञानिक पुनले कोरोनाविरुद्वको लडाईंमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका हुन्।

सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईं सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको बताए।

भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकटको समयमा आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको, अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई निःशुल्क वितरण गरेको जानकारी दिँदै संकटकालीन अवस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर जनताको जीवनरक्षा गर्न आग्रह गरे।

भेटमा उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रलाई सरकारको तर्फबाट सक्दो सहयोग आश्वासन दिएका थिए।