नेपालमा एकैदिन ८८ जनाको कोरोनाबाट मृत्यु: मन्त्रालयले सच्यायो मृतकको विवरण - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

नेपालमा एकैदिन ८८ जनाको कोरोनाबाट मृत्यु: मन्त्रालयले सच्यायो मृतकको विवरण



काठमाडौं- नेपालमा एकैदिन ८८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा तृती भएको भन्दै मन्त्रालयले मृतकको संख्या थप गरेको छ ।

मन्त्रालयले नेपाली सेनाले गरेको शव व्यवस्थापनको संख्या थप गर्दै पछिल्लो २४ घण्टामा जानकारी दिएको छ। मन्त्रालयमा अस्पतालहरूबाट आएको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ।

यसअघि नियमित प्रेस ब्रिफिङमा पनि मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ५२ जनाको मृत्यु भएको उल्लेख गरेका थिए। तर, नेपाली सेनाबाट थप २६ जनाको रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले मृतकको संख्या थप गरेको हो।

मन्त्रालयका अनुसार योसँगै नेपालमा ३ हजार ७२० जना संक्रमितको निधन भएको छ। यसैगरी आज देशभर ८ हजार ७७७ जना पीसीआर विधिबाट र ७७ जना व्यक्ति एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित पुष्टि भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १८ हजार ७८७ जनाको पीसीआर र ५०६ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ।