नेपाल समूहसँग वार्ता गर्न ओलीले पौडेल र नेम्वाङलाई खटाए - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

नेपाल समूहसँग वार्ता गर्न ओलीले पौडेल र नेम्वाङलाई खटाए



काठमाडौं- प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई माधव नेपाल समूहसँग वार्ताका लागि खटाएका छन ।

नेकपा एमाले विभाजनको नजिक पुगेको समयमा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट वार्ता गर्नका लागि टोली खटाएका हुन्।

नेपाल समुहका सांसदहरूले राजीनामाको लागि हस्ताक्षर गरिसकेका बेला ओलीले वार्ताका लागि टोली खटाएका हुन् । ओलीका प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबार पुगेका छन् ।

यसअघि पौडेल र नेम्वाङले माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग लगातार संवादमा थिए ।