यी हुन् सामुहिक राजीनामा दिन हस्ताक्षर गरेका एमाले सांसदहरू - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

यी हुन् सामुहिक राजीनामा दिन हस्ताक्षर गरेका एमाले सांसदहरू



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकता जोगाउने र विवाद समाधान गर्ने विषयमा उदासिन रहेको निश्कर्ष निकाल्दै एमाले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समुहका सांसदहरुले सामुहिक राजीनामा दिने भएका छन् ।

आइतबार आफु पक्षको स्थायी समितिको बैठक बसेर यसको अन्तिम निर्णय लिने र सांसदहरुले ब्यक्तिगत रुपमा संसद सचिवालय पुगेर राजीनामा बुझाउने र त्यसपछि संयुक्त वक्तब्य दिने तयारीमा खनाल नेपाल पक्ष पुगेको छ ।

शनिबार बसेको खनाल नेपाल पक्षका सांसदहरुको बैठकमा यसबीचमा भएका बार्ता प्रयास र ओलीले देखाएको अरुचीबारे चर्चा भएको बताइएको छ । सांसदहरुले आ-आफना सुझाव सहितका धारणा राख्दै सामुहिक राजीनामाको अवस्थामा माहोल बनेको थियो ।

प्रत्यक्ष तर्फका सांसदहरुले शनिबार साँझ नै नेपाललाई राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाईसकेका छन् । आइतबार स्थायी समिति सदस्यहरुकोबीचमा छलफल गर्ने र ओली समुहलाई अन्तिम मौका दिने तयारी छ ।

सामुहिक राजीनामा दिने सांसदहरूको नामावली

प्रत्यक्ष तर्फ

झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रकाश भट्ट, भवानीप्रसाद खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, यज्ञराज सुनुवार र राजबहादुर बुढा

समानुपातिक तर्फ

रामकुमारी झाँक्री, बिनादेवी बुढाथोकी मगर, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, लक्ष्मीकुमारी चौधरी, गंगा चौधरी सत्गौवा, निरादेवी जैरु, समिना हुसेन, पुष्पाकुमारी कर्ण यादव, सरलाकुमारी यादव, कालिला खान

समानुपातिक तर्फका सांसदले पनि राजीनामा बुझाउने विषयमा खनाल नेपाल पक्षको बैठकमा छलफल भएको छ ।