सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक



काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आइतबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो।

सोमबार बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालनबारे छलफल गर्न बैठक बोलाइएको सभामुखकाे सचिवालयले जनाएको छ। कार्यव्यवस्था समितिको बैठकले नै कोरोना संक्रमित सांसदहरुलाई मतदान प्रक्रियामा कसरी सहभागी गराउने भन्नेबारे निर्णय गर्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत लिँदैछन्। संसद सचिवालयका अनुसार २६ जना प्रतिनिधि सभा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।