राजिनामाको विषयले नेपाल-खनाल समुह पनि विभाजित - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

राजिनामाको विषयले नेपाल-खनाल समुह पनि विभाजित



काठमाडौं- सामुहिक राजिनामा दिने भन्दै हस्ताक्षर गरेका नेकपा एमालेको माधव नेपाल समूहका नेताहरु विभाजित देखिएका छन् । उनीहरूबीच राजीनामा दिने वा नदिने भन्ने विषयमा मत विभाजन भएको हो।

पार्टी एकता जोगाउन भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग लगातार संवादमा रहेको नेपाल समुहले ओलीले एकता नचाहेको निष्कर्ष निकाल्दै सामुहिक राजिनामा दिने निर्णय गरेको भोलिपल्ट नै यो समूह विभाजित देखिएको हो ।

शनिबार रति सामुहिक गर्ने निर्णयमा पुगेको र हस्ताक्षर समेत गरेका केहि नेताहरू आइतबार बिहान भने विभाजित देखिएका छन् । मत विभाजित भएपछि आन्तरिक छलफल गर्नका लागि स्थायी कमिटिको बैठक जुममा बोलाईएको स्रोतको दाबी छ । आइतबार बिहानसम्म केही नेता राजीनामा नदिने पक्षमा देखिएको स्रोतको दाबी छ ।

खनाल नेपाल समूहका माधव कुमार नेपाल, भीम रावल लगायतका नेताहरू राजीनामा दिने पक्षमा छन् भने सुरेन्द्र पाण्डे लगायतका केहि नेता राजीनामाको विपक्षमा उभिएको बताइएको छ । पाण्डेले यसअघि पनि राजिनामा दिन नहुने मत राख्दै आएका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बाध्य पारेको भन्दै राजीनामा पत्रमा हस्ताक्षर गरेको सत्तारुढ नेकपा एमालेको खनाल–नेपाल समूहका सांसदहरुले अझै पनि एकताका लागि प्रयास गर्न सकिने बताएका छन्।

राजीनामा पत्र बुझाउने तयारी गरेको नेपाल समूहले ओलीले लचकता अपनाउनुपर्ने माग राख्दै आएको छ । कम्तिमा माओवादीसँगको एकता अगाडिको अवस्थामा पार्टीलाई लैजानुपर्ने उनीहरूको अडान छ । यो सम्वोधन नगरे पार्टी फुटको जिम्मासमेत ओलीले नै लिनुपर्ने उनीहरूले बताएका छन् । आज दिउँसोसम्म कुनै प्रगति नभए राजीनामा बुझाउने मुडमा पुगिसकेको यो समूहले त्यसअघि नै आफ्ना सांसहरुसँग छलफल गर्दैछ।