डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा



काठमाडौं- अमेरिकाको डाइभरसिटी भिषा डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक भएको छ। शनिबार राति ९ः१५ बजेबाट नतिजा हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको हो । २०२२ का लागि खोलिएको डिभिको नजिता आज सार्वजनिक भएको हो । आवेदनको नतिजा https://dvprogram.state.gov/ मा गएर निशुल्क हेर्न सकिनेछ ।

नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ। छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ।

डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन।