काठमाडौंका अस्पतालहरूले भने: अब संक्रमितको उपचार गर्न सक्दैनौँ - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

काठमाडौंका अस्पतालहरूले भने: अब संक्रमितको उपचार गर्न सक्दैनौँ



काठमाडौं- काठमाडौंका अस्पतालहरूले कोरोना संक्रमितको उपचार गर्न असमर्थ भएको उपचार गर्न नसकिने बताएका छन् । अक्सिजन अभावका कारण अस्पतालहरूले उपचार गर्न असमर्थ भएको बताएका हुन् ।

कोरोना उपचारका लागि अत्यावश्यक मेडिकल अक्सिजन ग्यास अभावको कारण देखाइ चार अस्पतालले कोरोना संक्रमितको उपचार गर्न असमर्थ भएको जनाएको छ।

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले संयुक्त रुपमा विज्ञप्ति निकालेर उपचारमा असमर्थता जनाएका हुन्।

अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि शनिबारदेखि सीमित शय्यामात्र सञ्चालनमा ल्याई सेवा प्रदान गर्ने ती अस्पतालहरुले जनाएका छन्।

उनीहरुले अक्सिजनको बैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भनाए गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति भएकाले बाध्यतावस सेवा दिन नसकिने जनाएका हुन्।