लाजै पचाएर प्रधानमन्त्री ओलीले भने: सर्वसाधारणको लापरवाहीले बढ्यो कोरोना - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

लाजै पचाएर प्रधानमन्त्री ओलीले भने: सर्वसाधारणको लापरवाहीले बढ्यो कोरोना



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लाजै पचाएर सर्वसाधारणको लापरवाहीले नेपालमा कोरोनाको दोश्रो लहर तिव्र गतिमा फैलिएको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन सिएनएनलाई शनिबार बिहान दिएको अन्तर्वातामा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री आफैले पनि भिड जम्मा गरेर उद्घाटन तथा सिलान्यास गर्दा भिड जम्मा गरेको र सरकारमै रहेका नेता देखि राजनीतिक दलका नेताहरुले स्वास्थ्य मापदण्ड पालना नगरी भीडभाड गरेको, उदघाटन , सभा सम्मेलनमा भिड जम्मा गरेको. अनेकौ भेला, बैठकहरु वसालेर पनि कोरोनाको महामारी विस्तारमा सहयोगी भूमिका खेलेको आरोप लागिरहँदा प्रधानमन्त्रीले भने सर्वसाधारणको लापरवाहीले बढेको दाबी गरेका हुन् ।

‘गएको वर्ष हामीले संक्रमण नियन्त्रणमा लिएका थियौँ। मृत्युदर शून्यमा आएको थियो। संक्रमण पनि दैनिक ५० को हाराहारीमा झरेको थियो। तर मानिसहरुले महामारी सकिएको ठाने, लापरवाही गरे। त्यसकारण महामारीको दोस्रो लहर आयो। हामीले अहिले अवस्था नियन्त्रणका लागि हाम्रो सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ।’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

गतमहिना राजधानी काठमाडौंमा भएका राजनीतिक प्रदर्शन, सभा र जुलुसहरु गर्नु गलत भएको भन्दै उनले राजनीतिक दलबाट हेलचक्र्याइँ भएको समेत स्वीकार गरेका छन् । ‘केही गल्ती भयो राजनीतिक दलहरुबाट । हेलचेक्र्याइँ भएकै हो ।’ प्रधानमन्त्रीले भने ।

ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको दावी समेत गरेका छन् । उनले अहिले नियन्त्रणको अवस्थामै रहेको पनि दावी गरेका छन् ।

ओलीले राष्ट्रसंघ लगायतका अन्तराष्टिय निकायलाइ यसको रोकथाम, नियनत्रणका लागि आवश्यक सहयोग गर्न आग्रह समेत गरेका छन् ।