प्रधानमन्त्री ओलीलाई माधव नेपालको कडा चेतावनी - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

प्रधानमन्त्री ओलीलाई माधव नेपालको कडा चेतावनी



काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलेलाई चेतावनी दिएका छन् । जनतालाई आवश्यक स्वास्थ्यमा केन्द्रित हुनुपर्ने बेलामा बलमिच्याई गरी राजनीतिक स्वार्थ पुरा गर्न लागेको भन्दै उनले चेतावनी दिएका हुन् ।

महामारीको समयमा अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्‍नु गैरजिम्मेवारीपन भएको नेता नेपालले बताएका छन् । शनिबार उनले जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्‍नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका हुन् ।

मुलुकमा उत्पन्‍न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्‍ने उनको भनाई छ । वरिष्ठ नेता नेपालले गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गरेका छन् ।

‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्‍नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो’ उनले भनेका छन् ‘मुलुकमा उत्पन्‍न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’