बादललाई माधव नेपालसँग तुलना गर्न सकिन्न: शंकर पोखरेल - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

बादललाई माधव नेपालसँग तुलना गर्न सकिन्न: शंकर पोखरेल



काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले नेता माधवकुमार नेपालको तुलना गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग गर्न नमिल्ने बताएका छन्।

राष्ट्रिय सभाको उपनिर्वाचनका लागि उम्मेद्वारी दिएको भोलीपल्ट पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका बादलको तुलना नेता नेपालसँग गर्नै नमिल्ने पोखरेलको तर्क छ ।

उनले लेखेका छन्, ‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौँ, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन, मनन गरौँ।’

माओवादी छाडेपछि कारबाही भोगेका बादलको स्थान संसदमा रिक्त छ। सोही ठाउँमा एमालेले बादललाई नै उम्मेदवार बनाएको छ। तर, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एमालेको माधव समूहका तर्फबाट नेता देवकोटालाई उम्मेदवार बनाएको छ।