देउवाको अपील: ओलीले डाकेको बैठकमा म पनि जान्न, अरू पनि नजानु - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

देउवाको अपील: ओलीले डाकेको बैठकमा म पनि जान्न, अरू पनि नजानु



काठमाडौ- विज्ञप्ति नै निकालेर कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा नजाने घोषणा गरेकाच छन्।

एक विज्ञप्ति जारी गर्दै संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकिने जनाएका छन्।

सरकारले ल्याएका अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको उनले बताएका छन्।

अध्यादेश संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित भएको उनको भनाई छ।

वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरि पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको देउवाले बताएका छन्।

‘यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको छ। कानून निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशका मार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएका छन्’, उनले भनेका छन्, ‘सरकारले वदनियतपूर्वक षडयन्त्रमूलक ढङ्गले अध्यादेश जारी गरेको कांग्रेसको ठहर छ।’

लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने उनले बताएका छन्। उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाईसमेत उनले आग्रह गरेका छन्।