एमाले शिर्ष नेताहरूलाई ओलीले बालुवाटार बोलाए
काठमाडौं- नेकपा एमालेका शिर्ष नेताहरूलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलेका छन् । राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेद्वार र माधव नेपाल समुहले राखेका मागबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
माधव कुमार नेपाल समुहको पछिल्लो गतिबिधिका कारण रक्षात्मक बनेका प्रधानमन्त्री ओली अहिले विवाद समाधानका लागि सक्रिय बनेका छन् । संसदबाट विश्वासको मत लिने समय नजिकिंदै गएको र राष्ट्रिय सभाको उपनिर्वाचनमा पनि नेपाल समुहले असहयोग गर्ने देखिएपछि ओलीले सक्रियता देखाएका हुन् ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेद्वार तय गर्न र अरु राजनीतिक विषयमा छलफल गर्न बैठक बसिरहेको छ । गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने वा नबनाउने भन्ने पनि अहिले नै टुंगो लाग्ने बताइएको छ।
आजै उम्मेद्वारी दर्ता गर्नुपर्ने भएकाले उम्मेद्वार तय गर्न बैठक बोलाइएको बताइएको छ । गएको १० वैशाखमै रिक्त स्थानमा बादललाई उम्मेद्वार बनाउने टुंगो लागेको थियो । तर, ओली बाहेक लगभग सबै दलले खिमलाल देवकोटालाई साझा उम्मेद्वार बनाउने निर्णय पछि बादल पछि हटेका छन् ।