निको हुनेको संख्या बढ्दै: एकैदिन २७०७ जनाले जिते कोरोना
काठमाडौं- दैनिक रेकर्ड बनाउनेगरी संक्रमण फैलिएका बेला एकैदिन २७०७ जनाले कोरोना जितेका छन् । गत २४ घण्टाभित्र देशभर २७०७ जना संक्रमणमुक्त भएका हुन् ।
कोरोनाको दोस्रो लहरपछि यतिधेरै संक्रमणमुक्त भएको पहिलो रेकर्ड हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने