राष्ट्रियसभा उपनिर्वाचन: पछाडी हट्यो ओली समूह, बादल उम्मेदवार नबन्ने - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

राष्ट्रियसभा उपनिर्वाचन: पछाडी हट्यो ओली समूह, बादल उम्मेदवार नबन्ने



काठमाडौं- जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमाले ओली समूह एक कदम हच्किएको छ । विपक्षीहरूले गठबन्धन नै बनाएर चुनावमा जाने भएपछि सरकारी एमाले निर्वाचनबाट तर्सिएको छ ।

बिहिबार आकस्मिक रूपमा स्थायी कमिटि बैठक डाकेर प्रधानमन्त्री ओलीले वागमतीबाट गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउनुअघि सोच्नुपर्ने भन्दै पछि हटेको संदेश दिएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार पहिले परिस्थितिको सहि आंकलन गरेर मात्र बादललाई उम्मेदवार बनाउने बिषयमा छलफल भएको बताए।

बादललाई उम्मेदवार बनाउनुअघि मतको विश्लेषण गर्नुपर्ने अवस्था आएको प्रधानमन्त्री ओलीले बैठकमा बताएका थिए । मतको विश्लेषण गरेर मात्र उम्मेदवार निर्णय गरिने ति नेताले बताए ।

बैठकमा परिस्थिति भनेजस्तो नभए बादललाई चुनावबाट ब्याक गराउनुपर्ने ओलीले संकेत गरेका थिए । बैठकमा वागमती प्रदेशभित्र एमालेको एकल बहुमत रहे पनि माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउने निर्णय गरेकाले त्यसबाट काटिने भोटको बारेमा विश्लेषण भएको बताइएको छ ।