आकस्मिक बैठक सकेर प्रधानमन्त्री एकाएक शीतल निवासमा
काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी कमिटीको बैठक सकिएको छ । बैठक सकिएर नेताहरू बालुवाटारबाट निस्किएका छन् ।
बैठकमा समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ । बैठक सकेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास हानिएका छन् ।
बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री ओली राष्ट्रपति निवास गएका हुन् ।