आकस्मिक स्थायी कमिटीको बैठक जारी: अध्यक्ष ओलीले ब्रिफिङ गर्दै
काठमाडौं- एमालेका अश्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पार्टी स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।
आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरू भएको बताइएको छ । बैठकमा समसामयिक राजनीतिक बिषयमा छलफल भैरहेको बताइएको छ ।
अहिले प्रधानमन्त्री ओलीले सदनबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको बैठक र दलहरूसँग भएका छलफलको बारेमा जानकारी दिइरहेका छन् ।
माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादीसहितका दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा एमाले बैठक बस्न लागेकाले थप कारवाहीको सम्भावना रहेको बताइएको छ ।
बैठकमा माधव नेपाल समुहको कारबाहीबारे पनि छलफल हुने बताइएको छ । एमाले केन्द्रीय कमिटीले कारवाही लगायतका निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको थियो ।