ओलीको प्रस्ताव देउवाले गरे अस्विकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवाले अस्विकार गरेका छन् । ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गरेका थिए ।
बैठकपछि नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको बताए । जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको महतले बताए ।
“विश्वासको मतमा कांग्रेसको सहयोगको अपेक्षा गर्दछु भनेर प्रधानमन्त्रीले भन्नुभयो,” महतले भने, “हामी विपक्षी पार्टी हो । अहिले हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भनेर हामीले आफ्नो धारणा राख्यौँ ।”