भारतमा भूकम्प, नेपाल पनि हल्लियो
काठमाडौं- भारतको उत्तराखण्डमा गएको भूकम्पले नेपालको पश्चिमी भेग समेत हल्लिएको छ । उत्तराखण्डमा गएको भूकम्पले बैतडी लगायतका जिल्लामा बुधबार अपराह्न धक्का महसुस गरिएको थियो।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ४ बजेर ३९ मिनेटमा भूकम्पको धक्का गएको बताइएको छ । उत्तराखण्ड प्रदेशको खेतभरार आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले गरेको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।