लुम्बिनीका अर्का सांसदले दिए राजीनामा - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

लुम्बिनीका अर्का सांसदले दिए राजीनामा



बुटवल- लुम्बिनी प्रदेश सभाका अर्का एक सांसदले पदवाट राजीनामा दिएका छन् । एमालेबाटै निर्वाचित सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

यस अगाडी लुम्बिनीमै एमालेवाट निर्वाचित दृगनारायण पाण्डेले राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । उनलाई कांग्रेसले राष्टिय सभा सदस्यमा उम्मेदवार उठाउने निर्णय लिईसकेको छ ।

मुख्यमन्त्री शंकर पोखरेल माथीको अविश्वासको प्रस्ताव, मुख्यमन्त्रीले पदवाट राजीनामा र एकल वहुमतको पून सरकारको नेतृत्व गरेपछि लुम्बिनीमा चुलिएको राजनीतिक संकट अझै साम्भय हुन सकेको छैन । अहिले फेरि अर्का एमाले प्रदेशसभा सदस्यले राजीनामा दिएका हुन् ।