राष्ट्रियसभा निर्वाचन बादललाई फलामको चिउरा बन्दै: एमाले-एमाले नै भिड्ने - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

राष्ट्रियसभा निर्वाचन बादललाई फलामको चिउरा बन्दै: एमाले-एमाले नै भिड्ने



काठमाडौं- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गृहमन्त्री रामबहादुर थापा बादललाई फलामको चिउरा बन्ने पक्का देखिएको छ । बादलको विरुद्धमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको एउटा समूहले गठबन्धन बनाएपछि निर्वाचन रोचक बन्ने देखिएको हो ।

त्यसमाथि विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । डा. देवकोटा एमालेकै माधव कुमार नेपाल समुह निकट नेता मानिन्छन । देवकोटालाई काँग्रेस, जसपा र एमालेकै माधव नेपाल समुहले समर्थन गर्ने भएको छ ।

पछिल्लो समय काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादव बीचमा भएको सहमति अनुसार देवकोटालाई उम्मेदवार बनाउने निर्णय भएको बुझिएको छ ।

मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट डा. देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो ।

विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो । एकातिर बादलविरुद्ध गठबन्धन बनाइनु अर्कोतिर एमाले विभाजन हुनुले उनको उनको लागि यो पटकको चुनाव संकट बन्ने देखिएको एमालेभित्र नै चर्चाको विषय बन्ने गरेको छ ।

एमाले ओली पक्षका उम्मेदवार हराउनका लागि विपक्षका सबै दल र एमालेकै अर्को पक्ष एकतर्फी गठबन्धन बनाएर लागेपछि परिस्थितिले जटिल मोड लिएको विश्लेषण गर्न थालिएको छ ।

पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।