प्रधानमन्त्रीले डाके मन्त्रिपषिद्को बैठक: स्वास्थ्य संकटकाल लगाउने तयारी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद्को बैठक डाकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको एक मन्त्रीले बताए ।
बैठकमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम थप प्रभावकारी बनाउने र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
संक्रमण नियन्त्रण बाहिर जाने लाग्दा स्वास्थ्य आपतकाल घोषणाकाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
हिजोको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराएका थिए । त्यसैअनुसार २७ वैशाखमा विश्वासको मत लिने प्रयोजनका लागि मात्रै प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।