डिआइजीले नै सांसदलाई कपालमा समातेर घिसारेपछि... - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

डिआइजीले नै सांसदलाई कपालमा समातेर घिसारेपछि…



काठमाडौं- लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिषर अगाडी प्रदेश सांसद र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्रीमा शंकर पोखरेलको सपथग्रहण अगाडी भएको झडपमा केहि सांसदहरू घाइते समेत बाहेक छन् ।

रोचक त के छ भने सांसदविरुद्ध प्रहरीका उच्च अधिकारीहरुनै हातपातमा उत्रेका थिए । डिआइजीले सांसदहरूको कपालमा समातेर लछारपछार पारेको बताइएको छ । झडपमा सांसद लौटी थारुसहित केही सांसद सामान्य घाइते भएको बताइएको छ ।

नियुक्ती नहुँदै अल्पमतमा परेका शंकर पोखरेललाई सपथ खुवाउन जान भन्दै प्रदेश प्रमुख कार्यालयबाट निस्कन लाग्दा विपक्षी दलका सांसदले रोक्न खोजेपछि झडप भएको हो। विपक्षी दलका सांसदहरु दिउँसोदेखि ने संविधान विपरित भएको मुख्यमन्त्रीको नियुक्तीलाई रोक्नु पर्ने भन्दै सपथ कार्यक्रम गर्न नदिने भनेर प्रदेश प्रमुखको कार्यालय परिषरमा धर्नामा थिए।

प्रदेश प्रमुखको कार्यालयमा सपथ हुन नसक्ने ठानेपछि शंकर पोखरेललाई निवासमै गएर सपथ खुवाउने भन्दै प्रदेश प्रमुख धर्मनाथ यादव कार्यालयबाट निस्क्न खोज्दा विपक्षी गठबन्धनका सांसदहरुले रोक्ने प्रयास गरेका थिए। उनीहरूले रोक्न खोज्दा प्रहरीले उनीहरूमाथि आक्रमण गरेको बताइएको छ ।