नाराबाजीबीच मुख्यन्त्री कार्यालयमै लिए शंकर पोखरेलले सपथ
बुटवल- विवादबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई बल प्रयोग गरेर मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा सपथग्रहण गराइएको हो ।
सांसदहरूको अवरोधका बीच प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए । विपक्षीको नाराबाजीकैबीच सपथग्रहण भएको हो ।
पोखरेलले आइतवार विहान राजिनामा दिएका थिए । अन्य प्रयोजनका लागि लिइएको हस्ताक्षर दुरुपयोग गरी आफूलाई बहुमतमा रहेको देखाएका थिए ।