शंकर पोखरेलकै कारण महन्थ ठाकुरले छोडे ओलीको साथ - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

शंकर पोखरेलकै कारण महन्थ ठाकुरले छोडे ओलीको साथ



काठमाडौं- लुम्बिनी प्रदेशको पछिल्लो राजनीतिक घट्नाक्रमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत संकटमा धकेलेको छ । शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि केन्द्रको पनि राजनीतिमा पनि धक्का लाग्ने भएको हो । पोखरेलकै कारण महन्थ ठाकुरले प्रधानमन्त्री ओलीको साथ छाड्ने भएका छन् ।

आफूले राजिनामा दिएर एमालेको एकल बहुमतको सरकार बनाउने तयारी शंकर पोखरेलले गरेपछि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर समूह प्रधानमन्त्री ओलीसंग रुष्ट बनेको छ । मुख्यमन्त्रीलाई संकट पर्दा पद धरापमा राखेर साथ् दिएका महन्थ ठाकुर समुहका चार सांसदलाई पाखा लगाएर एकल पार्टीको सरकार बनाउन खोजेपछि ठाकुर समूह क्रुद्ध बनेको हो ।

शंकर पोखरेलको यो निर्णयले जसपामा ठूलो हल्लीखल्ली मच्चिएको छ । जसपाक नेताहरूले पोखरेललाई आफ्नो पद धरापमा परेर साथ दिएका थिए तर पोखरेलले भने उनीहरूलाई लात हानेर एकल पार्टीको सरकार बनाउन खोजेका थिए ।

पोखरेलको उक्त निर्णयलाई जसपाका अध्यक्ष महन्थ ठाकुरले धोकाबाजीको संज्ञा दिएका छन् । आफ्नो पार्टीका चार जना सांसदले पोखरेलविरुद्धको अविश्वासको प्रस्तावबाट ब्याक भएर उनकै सरकारमा सहभागी भएको अवस्थामा एमालेको एकल बहुमतको सरकार बनाउने तयारी गर्नु धोकाको राजनीति भएको ठाकुर पक्षको बुझाई छ ।

एमालेले धोका दिएको भन्दै महन्थ ठाकुर समुहले आकस्मिक बैठक डाकेको स्रोतले बताएको छ । एमालेसँग अब कुनैपनि सहकार्य गर्न नसकिने ठाकुर समूहभित्र दवाव सिर्जना भएको छ ।