लुम्बिनी मुख्यमन्त्रीमा माओवादीको पनि दाबी: कांग्रेसको समर्थन - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

लुम्बिनी मुख्यमन्त्रीमा माओवादीको पनि दाबी: कांग्रेसको समर्थन



काठमाडौं– मुख्यमन्त्री शंकर पाखेरेलको सपना चकनाचुर हुनेगरी लुम्बिनी प्रदेशको राजनीतिमा तरङ्ग नै उत्पन्न भएको छ । छिटोछिटो राजनीतिक घटना विकशित भैरहेका छन् भने पोखरेलको मुख्यमन्त्री बन्ने सम्भावना कम देखिएको छ ।

शंकर पाखेरेलले राजीनामा दिएपछिएमाले संसदीय दलले पोखरेललाई बहुमतको मुख्यमन्त्री बनाउने प्रस्ताव प्रदेश प्रमुखसमक्ष राखेकै बेला विपक्षी गठबन्धनले पनि सरकार गठनको दावी प्रस्तुत गर्ने भएको छ।

विपक्षी दल माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरेका छन् । विपक्षी दलहरूको संयुक्त बैठकले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको छ।

खानले आफूहरूसँग बहुमत रहेकोले सरकारको नेतृत्वका लागि दावी गर्न लागेको बताए। आइतबार बिहान मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८(१) अनुसार नयाँ सरकार बनाउन मार्गप्रश्स्त गरेको भन्दै राजीनामा दिएका थिए।

संविधानको धारा १६८ (१) मा प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन हुने भनिएको छ।

जसपाका चार र माओवादी केन्द्रका दुईजना सांसद निलम्बित भएपछि लुम्बिनी प्रदेशमा अहिले ८१ सदस्यहुँदा एमालेको एकल बहुमत पुग्छ। लुम्बिनी प्रदेशसभामा एमालेका ४१ प्रदेश सांसद छन्।

प्रदेशसभामा नेपाली कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका १८, जसपाका २ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।