प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद बैठक - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद बैठक



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक आइतबार अपराह्न ४ बजे बोलाइएको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले बताए । बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा सीसीएमसीको प्रस्तावलगायत बारेमा छलफल हुने बताइएको छ ।

सीसीएमसीले पछिल्ला दिनमा कोरोना झनै फैलिएको भन्दै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्न सिफारिस गरेको थियो । त्यस्तै देशभरका ३० जिल्लामा अहिले निषेधाज्ञा लगाइएको सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।

शुक्रबार बसेको सीसीएमसी बैठकले कोभिड–१९ नियन्त्रणका लागि वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको थियो ।